काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बासडरको रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइ’मा पनि सार्वजनिक गरेको छ ।
स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिबिम्बित गर्दै यो क्याम्पेनले इनड्राइभको पियर–टू–पियर मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ । जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन् ।
यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा ‘स्वतन्त्रताको अधिकार’ स्थापित गर्ने कम्पनीले जनाएको छ ।
क्याम्पेनको मूल उद्देश्य ‘रोजाइको स्वतन्त्रता’ हो जसले प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैँ निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने स्वतन्त्रता दिन्छ । इनड्राइभ एपमार्फत यात्रुहरूले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकहरूको अफरहरूमध्ये गाडीको मोडेल, चालकको रेटिङ र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन् । यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ ।
स्वस्तिमा यस क्याम्पेनको ब्रान्ड एम्बासडर बनेसँगै इनड्राइभले नेपाली दर्शक, विशेषगरी स्वतन्त्रता, मौलिकता र सशक्तीकरण चाहने युवावर्गसँग आफ्नो सम्बन्ध अझ गाढा बनाउने लक्ष्य राखेको छ । क्याम्पेनको सन्देश ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ ले इनड्राइभको “पिपुल फर्स्ट” मिसनलाई बलियो बनाउँदै निष्पक्षता र स्वतन्त्रता माथि आधारित समुदाय निर्माण गर्ने कम्पनीको भनाइ छ ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “इनड्राइभ सधैँ समुदायलाई सशक्त बनाउने र समुदायका मानिसहरूलाई वास्तविक रोजाइको स्वतन्त्रता दिने पक्षमा रहँदै आएको छ । यो क्याम्पेन र स्वस्तिमा खड्काको सहकार्यले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपालका प्रत्येक यात्रु र चालकहरूले उनीहरूको रोजाइ साँच्चिकै महत्त्वपूर्ण छ भनेर महसुस गरुन भन्ने हामी चाहन्छौँ “
त्यस्तै, ब्रान्ड एम्बासडर स्वस्तिमाले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “इनड्राइभ नेपालको क्याम्पेनमा ब्रान्ड एम्बासडरको रूपमा जोडिन पाउँदा म अत्यन्त उत्साहित छु । इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो । यात्रु र चालकले एकअर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मनपर्छ । यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैं पनि अत्यन्तै विश्वास गर्छु ।”




