काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरूको रिहाइ प्रक्रिया सुरु हुने भएको छ । यसै क्रममा गाजा पट्टीमा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि सीएनएनले विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो । तर, अहिले टाइम्स अफ इजरायल, एपीसहितका प्रतिष्ठित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिन जोशीको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
शुक्रबार सम्पन्न युद्धविराम सम्झौतासँगै सोमबारदेखि मंगलबारसम्म बन्धकहरूको रिहाइ हुने अपेक्षा गरिएको छ । यसको बदलामा इजरायलले पनि दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको छ । यसरी, विपिन जोशीसहितका २२ जना जीवित बन्धकहरूको सुरक्षित फिर्तीको सम्भावना बढेर गएको छ ।
जीवित ठानिएका बन्धकहरू यी हुन्:
-
गाली बर्मन (Gali Berman)
-
जिभ बर्मन (Ziv Berman)
-
एलकाना बोहबोट (Elkana Bohbot)
-
रोम ब्रास्लाभस्की (Rom Braslavski)
-
निमरोड कोहेन (Nimrod Cohen)
-
एरियल क्युनियो (Ariel Cunio)
-
डेभिड क्युनियो (David Cunio)
-
एभ्याटर डेभिड (Avyatar David)
-
गाय गिल्बोआ-दलाल (Guy Gilboa-Dalal)
-
म्याक्सिम हार्किन (Maxim Harkin)
-
इटान हर्न (Eitan Horn)
-
सेगेभ काल्फोन (Segev Kalfon)
-
बार कुपर्श्टाइन (Bar Kupershtein)
-
मातान आङ्ग्रेस्ट (Matan Angrest)
-
ओम्री मिरान (Omri Miran)
-
इटान मोर (Eitan Mor)
-
तामिर निम्रोदी (Tamir Nimrodi)
-
योसेफ-चैम ओहाना (Yosef-Chaim Ohana)
-
एलोन ओहेल (Alon Ohel)
-
अविनाटन ओर (Avinatan Or)
-
विपिन जोशी (Bipin Joshi)
-
मातान जंगाउकर (Matan Zangauker)
यो सूचीले विश्वभरि रहेका यी बन्धकका परिवारजनमा ठूलो राहत र खुसी ल्याएको छ । नेपाल सरकारले विपिन जोशीको सकुशल फिर्तीका लागि आवश्यक सबै कूटनीतिक पहल गरिरहेको छ । देशका नागरिकहरू विपिनको घर फिर्तीको कामना गरिरहेका छन् ।




