काठमाडौँ । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यसको फलस्वरूप, देशको पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । यद्यपि, देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
तपाईंको प्रतिकृया



