राष्ट्रपतिसँग शीतल निवासमा जेनजीको वार्ता सुरु

काठमाडाै । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीसँग वार्ता सुरु गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास गएकाे छ । केही ढीला गरी वार्ता सुरु भएको हाे । आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् ।

बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने भनिएकाे भएपनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी जानकारी दिए । वार्तामा जेनजीका मागबारेमा छलफल हुने वताइएकाे छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री