टि-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज कुवेतसँग खेल्दै नेपाल

टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज नेपालले कुवेतसँग खेल्दै छ। ओमानमा आज बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८:४५ बजे कुवेतसँग खेल्ने भएकाे हाे । एसिया र एसिया प्यासेफिक क्षेत्रका नौ टोलीलाई तीन समूहमा विभाजन गरी खेलाइँदै छ।

यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्ने भएका छन् । 

नेपाल समूह २ मा छ। नेपालको समूहमा कुवेत र जापान रहेका छन्। समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ। यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर-६ मा पुग्नेछ। सुपर-६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नुपर्नेछ।

एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ रहेका छन्। तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीले एकअर्काका प्रतिस्पर्धी भएर खेल्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री