काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेनजी अभियान्ता सुदन गुरुङलाई कडा चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिशोधात्मक व्यवहार देखाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।
बस्नेतले गृहमन्त्री गुरुङलाई लक्षित गर्दै सामाजिक सञ्जालमा ‘ट्रेलर’ चलाउने, मिडिया ट्रायल गर्ने र फरक विचार राख्नेहरूलाई गिरफ्तार गर्ने जस्ता कार्य नगर्न चेतावनी दिएका छन् । उनले गृहमन्त्रालयलाई ‘निजी कम्पनी’ नबनाउन समेत आग्रह गरेका छन् ।
बस्नेतले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘आफूलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक विचार राख्ने व्यक्तिहरूलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरू र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’



