मौसम अपडेट : देशभर मनसुनी प्रभाव, केही प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज साधारणतया बदली रहनेछ । बाँकी प्रदेशहरूमा भने आंशिक बदलीको अवस्था रहनेछ ।

आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, अन्य प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

आज राति पनि मनसुनी प्रभाव जारी रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । विशेषगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र यात्रामा निस्कँदा मौसमसम्बन्धी जानकारी लिएर मात्र निस्कन आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री