मौसमविद् भन्छन्- ठूलो पानी पर्ने सम्भावना टर्‍यो, सावधानी आवश्यक

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यसअघि गरिएको ठूलो वर्षाको पूर्वानुमानमा परिवर्तन आएको जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, पानी पार्ने प्रणाली कमजोर बन्दै गएकाले अब नेपालभर ठूलो वर्षाको सम्भावना नरहेको हो ।

यसअघि आज र भोलिसम्म नै ठूलो वर्षा हुने पूर्वानुमान गरिएको थियो । तर, अहिले उक्त प्रणाली कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि कमजोर हुँदै जाने अर्यालले जानकारी दिए । यद्यपि, ठूलो वर्षाको सम्भावना टरे पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहनेछ ।

विभागका अनुसार, बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो स्थानमा ठूलो पानी परेको थियो । मौसममा आएको यो परिवर्तनले जनजीवनमा केही राहत महसुस हुने अपेक्षा गरिएको छ । किसान तथा अन्य सरोकारवालाहरूलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि विभागको सूचनामा ध्यान दिन अनुरोध गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप