काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार दुर्घटनामा ३ जना पुरुष र ३ जना महिला गरी ६ जनाको घटनास्थलमै ज्यान गएको हो । घाइतेहरूलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको परिचय भने अझै खुल्न सकेको छैन । सदरमुकाम फिदिमबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीलाई घटनास्थलमा खटाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
तपाईंको प्रतिकृया



