गोपघाट मृत भेटिए प्रहरी जवान, टाउकोमा गम्भीर चोट

काठमाडौं । डोटीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका-८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शङ्कर बलायर मध्यरात मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार केआई सिंह राजमार्गअन्तर्गत गोपघाट भन्ने ठाउँमा एक व्यक्ति लडेको खबर मध्यरात १२:१५ बजे प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार बलायरको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले गहन अनुसन्धान गरिरहेको जनाएको छ । मृतक बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा घर आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप