काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (असोज ९ गते) राष्ट्रका नाममा सम्बोधन गर्दै छिन् । भदौ २७ गते अन्तरिम सरकार प्रमुखमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।
उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ । मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् ।
प्रधानमन्त्रीको सम्बोधनअघि आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहको बलमा कार्की प्रधानमन्त्री बनेकी हुन् । उनको नेतृत्वमा नयाँ सरकार बनेसँगै संसद विघटन भएको छ भने फागुन २१ गते निर्वाचन तोकिएको छ ।
नयाँ सरकारले भ्रष्टाचारका काण्डहरूको छानबिनसँगै जेनजी आन्दोलनमा भएको विध्वंस र दमनको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने चौतर्फी दबाब छ ।




