काठमाडौँ । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।
सहकारी ऐन, २०७४ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालत समेतको आदेशबाट पुर्पक्षको लागि नख्खु कारागारमा रहेका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
बहुउद्देश्यीय सहकारी संस्था ली. भक्तपुरका ५० वर्षीय सञ्चालक केदारनाथ शर्मालाई ब्युरोबाट खटिएको प्रहरी टोलीले आज ललितपुर मा.न.पा २ , सानेपाबाट पक्राउ गरेर नख्खु कारागारमा बुझाइएको सीआईबीले जानकारी दिएको छ ।
बाँके खजुरा गा.पा. वडा नं.६ का शर्मा हाल का.म.न.पा. वडा नं. ४ सुकेधारामा बस्दै आएका थिए ।
तपाईंको प्रतिकृया




