मलद्वारमा लुकाई ल्याइएको ८३५ ग्राम सुन विमानस्थलमा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दिउँसो भन्सार एरियाबाट पक्राउ पर्नेमा ४८ वर्षीय रोनक मदनी रहेको प्रहरीले जानकारी दिएको छ ।

मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका मदनीमाथि आगमन भन्सार एरियामा जाँचका क्रममा प्रहरीलाई शंका लागेको थियो । थप अनुसन्धानका लागि उनलाई केएमसी अस्पताल लगिएको थियो, जहाँ भिडियो एक्सरे गर्दा उनको मलद्वारमा लुकाइएको अवस्थामा सुनका तीनवटा डल्ला फेला परेको छ । बरामद सुनको कुल वजन ८ सय ३५ ग्राम रहेको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षाकर्मीले उच्च सतर्कताका साथ गरेको जाँचका क्रममा यो सफलता प्राप्त भएको हो । मदनीलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री