आजको मौसम: पहाडी क्षेत्रमा बदली, केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर देखिए पनि स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली ल्याएको छ ।

मौसम विज्ञान विभागका अनुसार, कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार कोशी प्रदेश लगायत अन्य पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहने सम्भावना रहेको छ।

वर्षाको सन्दर्भमा, कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा मौसमको जानकारी लिएर मात्र निस्कन सुझाव दिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री