अर्थ मन्त्रालयमा तीन सहसचिवको जिम्मेवारी हेरफेर, वित्तीय संघीयतामा पोखरेल

काठमाडौं । अर्थ मन्त्रालयमा तीन सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । अर्थमन्त्री रामेश्वर खनालले आइतबार मन्त्रालयका महत्वपूर्ण महाशाखाहरूमा सहसचिवहरूको सरुवा गरेका हुन् ।

यो हेरफेरअनुसार, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी महेश आचार्यले पाएका छन् । यसअघि उनी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखका रूपमा कार्यरत थिए ।

यस्तै, वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुखमा सेवन्तक पोखरेललाई ल्याइएको छ । उनी यसअघि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको नेतृत्व गरिरहेका थिए ।

वित्तीय संघीयता महाशाखाका प्रमुख महेश बराललाई भने सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको जिम्मेवारी दिइएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले यो जिम्मेवारी हेरफेर आइतबारबाटै लागू भएको जानकारी दिए । मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र प्रशासनिक चुस्तता कायम गर्न यो कदम चालिएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री