जेनजी आन्दोलनमा देखिएकाहरूलाई कान्छारामले हप्काए, कांग्रेस कार्यालय प्रवेशमा रोक

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति कान्छाराम तामाङले ‘जेनजी आन्दोलन’ मा सहभागी युवा तथा विद्यार्थीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएका छन् । सार्वजनिक एक भिडिओमा उनले कार्यकर्तालाई हप्काएर कार्यालय आउन नदिएको देखिन्छ ।

भिडिओमा सभापति तामाङले लगातार ‘बाहिर जाउ’ भन्दै आन्दोलनकारीहरूलाई कार्यालयबाट निस्कन आदेश दिएका छन् । उनले पार्टी यस्तो तरिकाले चल्न नसक्ने भन्दै आक्रोश व्यक्त गरे । ‘पार्टी यति महिनापछि यहाँ आएर तोड्नु पर्थ्यो पार्टी कार्यालयमा चाहिँ युवा साथीहरु विद्यार्थी भाइबहिनीहरु,’ उनले भने । उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई समेत लक्षित गर्दै ‘नेविसंघ तोड्नु ल’ जस्ता टिप्पणी गरेका छन् ।

सभापति तामाङले आन्दोलनकारीहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘जुलुस गर्ने, आन्दोलन गर्ने, संविधान सिध्याउने ?’ भन्दै आफ्नो असहमति प्रकट गरे । उनले आफूले अहिलेसम्म कसैलाई पनि अनादरपूर्ण तरिकाले सम्बोधन नगरेको तर अहिलेको अवस्थामा यस्तो कदम चाल्न बाध्य भएको संकेत गरे । ‘मैले अहिलेसम्म तँ भन्ने वचन कसैलाई गर्या थिन । मैले हजुरै भन्या थि,’ उनले थपे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री