युनिकनेक्ट ग्लोबल स्टडी पार्टनर काठमाडौंमा सञ्चालनमा, विदेश अध्ययनका लागि नयाँ गन्तव्य

काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘युनिकनेक्ट ग्लोबल स्टडी पार्टनर’ बिहीबारदेखि काठमाडौंमा सञ्चालनमा आएको छ। काठमाडौंको अनामनगरमा अवस्थित युनिकनेक्टले अब विद्यार्थीहरूलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा सहज पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

युनिकनेक्टका संस्थापक तथा अनुभवी परामर्शदाता सृजित घिमिरेले बिहीबारबाटै सेवा प्रारम्भ भएको जानकारी दिँदै कम्पनीले विद्यार्थीहरूको आवश्यकता र चाहना अनुरूप सहुलियत शुल्कमै गुणस्तरीय अध्ययन हुने शैक्षिक संस्था छनोटमा सहयोग गर्ने बताउनुभयो। “हाम्रो उद्देश्य विद्यार्थीलाई जसरी पनि बाहिर पठाउने होइन,” घिमिरेले भन्नुभयो, “उनीहरूले चाहेको विषयमा गुणस्तरीय शिक्षाका लागि परामर्श दिने र सिफारिस गर्ने भन्ने हो।”

कम्पनीले युरोपका बेलायत, जर्मनी, आयरल्यान्डसहित नेपालीहरूको प्रमुख शैक्षिक गन्तव्य रहेका अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देशहरूका विश्वविद्यालयहरूमा पठनका लागि सहजीकरण गर्नेछ। यसले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक भविष्यका लागि सही गन्तव्य र पाठ्यक्रम छनोट गर्न महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ।

अनामनगरको मार्फाहाउसमा मुख्य कार्यालय सञ्चालनमा ल्याएको युनिकनेक्टले विद्यार्थीको शैक्षिक पृष्ठभूमी, आर्थिक अवस्था र भविष्यका लक्ष्यहरूलाई ध्यानमा राखेर व्यक्तिगत परामर्श सेवा प्रदान गर्ने जनाएको छ। गुणस्तरीय शिक्षामा पहुँच बढाउने र विद्यार्थीहरूलाई सफल अन्तर्राष्ट्रिय करियरका लागि तयार पार्ने युनिकनेक्टको मुख्य ध्येय रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री