काठमाडौँ । विश्वकै अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँगको सहकार्यमा यसपालिको दशैँलाई थप उल्लासमय बनाउन ‘दशैँ ९.९ क्याम्पेन’ सार्वजनिक गरेको छ। आश्विन २ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने यस बृहत् क्याम्पेनमार्फत उपभोक्ताहरूले भिभोका अत्याधुनिक स्मार्टफोनहरूमा विशेष छुट, रोमाञ्चक डिलहरू र आकर्षक पुरस्कारहरूको लाभ लिन सक्नेछन्।
यस दशैँ विशेष क्याम्पेन अन्तर्गत, ग्राहकहरूले भिभो स्मार्टफोनको खरिदमा रु. ७,००० सम्मको आकर्षक डिस्काउन्ट भौचर प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, भिभोले भर्खरै नेपाली बजारमा ल्याएका दुई बहुप्रतीक्षित स्मार्टफोन मोडलहरू—भिभो भी६० र वाई२१डि—लाई दराजमा विशेष रूपमा उपलब्ध गराएको छ। यी दुवै स्मार्टफोनहरूले प्रिमियम डिजाइन, उन्नत प्रविधि र युवा पुस्ताका आवश्यकतालाई मध्यनजर गर्दै उत्कृष्ट प्रदर्शनको प्रत्याभूति दिन्छन्। भी६० फ्ल्यागशिप मोडलले फोटोग्राफी र कार्यसम्पादनमा नयाँ मापदण्ड स्थापित गर्नेछ भने वाई२१डि किफायती मूल्यमा स्टाइल र पावरको उत्कृष्ट संयोजन प्रदान गर्नेछ।
भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले यस अवसरमा खुसी व्यक्त गर्दै भने, “दशैँ क्याम्पेनका लागि दराजसँगको हाम्रो सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पु¥याउनेछ। आकर्षक अफरहरू, रोमाञ्चक पुरस्कारहरू, साथै हाम्रो फ्ल्यागशिप भिभो भी६० र युवालाई लक्षित भिभो वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैँलाई अझै स्मरणीय बनाउन चाहेका छौँ।” उहाँले यो सहकार्यले उपभोक्ताहरूलाई नवीनतम प्रविधिमा सहज पहुँच पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो।
यो सहकार्यमार्फत, भिभोले नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै, ग्राहकहरूलाई आकर्षक अफरहरूका साथै सहज र भरपर्दो खरिद अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। यस विजय दशमीमा, ग्राहकहरूले आफ्नो स्मार्टफोन अपग्रेड गर्दै भिभोको अत्याधुनिक प्रविधिसँग दशैँको खुसीयाली मनाउन सक्नेछन्। घरमै बसेर सुरक्षित रूपमा अनलाइन सपिङको मज्जा लिँदै, उत्कृष्ट स्मार्टफोन खरिद गर्ने यो स्वर्णिम अवसरलाई नगुमाउनु होला ।




