कोटेश्वरको भाटभटेनीमा डढेको अवस्थामा शव फेला

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा थप एक शव फेला परेको छ । यससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार डढेको अवस्थामा एक शव फेला परेको हो । ‘शव पूरै जलेको अवस्थामा भेटिएकाले तत्कालै पहिचान गर्न सकिएको छैन,’ उनले भने ।

यसअघि पनि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट डढेको अवस्थामा ७ वटा शव फेला परेका थिए । ती सबै अस्थिपञ्जरको रूपमा भेटिएका शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । ती शवहरूको समेत अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन् । मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री