काठमाडौं । यस वर्षको बडादशैंको टीकाको शुभसाइत असोज १६ गते बिहान ११ः५३ बजे निर्धारण गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज एक विज्ञप्ति जारी गर्दै विजया दशमीका दिन देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको जानकारी दिएको छ ।
टीका लगाउने व्यक्तिले पूर्व दिशा फर्केर टीका ग्रहण गर्नुपर्ने समितिको भनाइ छ । समितिले २०८२ सालको बडादशैंको विस्तृत तालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार, दशैंको प्रारम्भ असोज ६ गते घटस्थापनाबाट हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ९ बजेर १३ मिनेटमा तोकिएको छ।
दशैंका अन्य महत्वपूर्ण साइतहरू यस प्रकार छन्:-
-
असोज ७ गते, मंगलबार: बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत ।
-
असोज ११ गते, शनिबार: श्रीपचलीभैरव यात्रा ।
-
असोज १३ गते, सोमबार: फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे ।
यस वर्षको दशैंमा शुभसाइतमा टीका ग्रहण गरी मान्यजनको आशीर्वाद लिने भक्तजनका लागि समितिले तोकेको यो साइत निकै महत्वपूर्ण हुनेछ ।




