काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ ।
केही दिन अघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई मङ्गलवार हस्तान्तरण गरे ।
इन्चार्ज श्रेष्ठले यस प्रकारका सहयोगले कार्यालय सञ्चालन गर्न केही सहज बन्दै गएको भए पनि क्षति ठुलो भएकाले अझै धेरै सहयोग आवश्यक रहेको बताए ।
तपाईंको प्रतिकृया




