एलेक्स फर्गुसन फेरि म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा

काठमाडाैँ । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन फेरि म्यानेचस्टर युनाइटेडको प्रशिक्षणमा फर्किने भएका छन ।

म्यानचेस्टर युनाइटेडका अहिलेसम्मका सफल र लेजेन्ड प्रशिक्षक ५ वर्षपछि क्लबको प्रशिक्षणमा मैदानमा देखिने भएका छन । २३ वर्ष म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेर काम गरेका फर्गुसनले सन् २०१२–१३ को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएपछि सन्यास लिएका थिए ।

हाल पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकमा काम गरिरहेका ओली गुनरलाई केही टिप्स दिनका लागि उनी प्रशिक्षणमा आउने बताइएको छ ।

गुनर म्यानचेस्टर युनाइटेडको प्रशिक्षमा नियुक्त भएपछि क्लवले लगातार दुई खेलमा जित निकालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस