मनसुन सक्रिय : आज दिनभर कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि सक्रिय देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रत्यक्ष प्रभावले देशका अधिकांश भूभागमा बदली भई विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विशेषगरी, कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अहिले वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री