मृतकका परिवारलाई राहत दिने र राष्ट्रिय शोक मनाउने गृहमन्त्री अर्यालको निर्णय

काठमाडौं । नव नियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा राष्ट्रिय शोक घोषणा गर्ने महत्वपूर्ण निर्णय गरेका छन् । मन्त्री अर्यालको यो पहिलो निर्णयसँगै राष्ट्रिय झण्डा आधा झुकाएर मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिने भएको छ ।

गृह मन्त्रालयले आन्दोलनमा ज्यान गुमाएका प्रत्येक परिवारलाई काजकिरिया खर्चबापत एक लाख रुपैयाँ उपलब्ध गराउने र मृतकको शवलाई घर ठेगानासम्म पुर्‍याउने व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यो निर्णयले पीडित परिवारहरूलाई केही हदसम्म भए पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।

आज बिहान मन्त्रालयमा आइपुग्दा गृहमन्त्री अर्याललाई गृह सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र निमित्त राष्ट्रिय अनुसन्धान निर्देशक लगायतका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए ।

गृहमन्त्रीको यस निर्णयले सरकारले आन्दोलनका क्रममा भएका क्षति र जनभावनालाई सम्बोधन गर्न खोजेको संकेत दिएको छ । यस घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री