राष्ट्र बैंकको निर्देशन- संकटमा डिजिटल भुक्तानी र वित्तीय सेवा निरन्तरता दिनू

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । मुलुकमा सम्भावित जटिल परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई आफ्नो व्यावसायिक निरन्तरता सुनिश्चित गर्न निर्देशन दिएको छ । नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाको २०८२/०५/२६ को विज्ञप्ति नं. १७ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट समेत आफ्ना संवेदनशील प्रणालीहरू सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु राख्न भनिएको छ ।

राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार, जोखिमको आधारमा Remote Access मार्फत सञ्चालन गर्न सकिने प्रणालीहरूको व्यवस्था मिलाउनुपर्नेछ । यसको अर्थ, भौतिक उपस्थिति सम्भव नभएका अवस्थामा पनि डिजिटल माध्यमबाट वित्तीय कारोबारहरू निर्वाध रूपमा सञ्चालन हुन सकुन् भन्ने सुनिश्चित गर्नु हो ।

यसका साथै, सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी अद्यावधिक सूचना आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । यसले गर्दा सेवाग्राहीहरूले कुनै पनि बेला आफूलाई आवश्यक पर्ने वित्तीय सेवा कहाँ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट जानकारी पाउन सक्नेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री