लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्थाका लागि राष्ट्रपति पौडेलको चिन्तन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्ने विषयमा आफू गम्भीर विचार विमर्शमा रहेको बताउनुभएको छ । देशको वर्तमान परिस्थितिमा संवैधानिक दायराभित्र रहेर समाधानको खोजी भइरहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले आन्दोलनरत नागरिकका माग सम्बोधन गर्न यथाशीघ्र समस्याको निदान खोजिनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ । उहाँले सबै पक्षलाई संयमता अपनाउँदै मुलुकमा शान्ति सुव्यवस्था कायम राख्न सहयोगका लागि अपिल पनि गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्राध्यक्षका रूपमा पौडेलले देशको समग्र अवस्थाको सुक्ष्म अध्ययन गरिरहनुभएको छ । लोकतान्त्रिक मूल्यमान्यताको रक्षा, नागरिक अधिकारको सम्मान र दिगो शान्तिको स्थापनाका लागि सरोकारवालाहरूसँगको परामर्शलाई उहाँले तीव्रता दिनुभएको छ । उहाँको यो सक्रियताले वर्तमान राजनीतिक गतिरोधलाई समाधानको दिशामा लैजान मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री