नेपाल प्रहरीको अनुरोध- सुरक्षा निकायका हातहतियार फिर्ता गर्नू

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सुरक्षा निकायका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै सचिवालयले यस्तो अनुरोध गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ ‘यही मिति २०८२ साल भाद्र २३-२५ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्री नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन हुन अनुरोध गरिएको छ।’

साथै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोसाकहरू दुरुपयोग गर्न नहुने र सो सँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री