मनसुन सक्रिय: आज र भोलि यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेकाले नेपालभर यसको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी र तराई दुवै भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र आवश्यक सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री