काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (एफवीन)बीच व्यावसायिक सम्झौता भएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (एफवीन)बीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न सम्झौता भएको हो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघतर्फ अध्यक्ष शोभा ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
योसँगै महिला व्यावसायिक सेवा आरम्भ गरिएको बैंकले जनाएको छ। सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ।
सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरी बैंकको २७५ वटा शाखाहरुमार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुटसहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।




