काठमाडौं । यस वर्षको दशैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ।
अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा ती कम्पनीले गरेका हुन्।
यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ। यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन्।
बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ। बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने तयारी छ।
बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ। एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकटसमेत उपलब्ध गराएको छ।
हवाई सेवा पुगेका सबै जिल्लाका उडानका लागि टिकट उपलब्ध रहेको बससेवाले जनाएको छ।
बससेवाबाट टिकट काट्नेमध्ये सयजनालाई फ्रि टिकट
१५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेब साइट (बससेवाडटकम०मार्फत टिकट काट्ने यात्रुहरुलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ।
यस अवधिमा टिकट काट्ने यात्रुहरुमध्ये एक सयजनालाई निःसुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ।
के हो बससेवा?
बससेवा अनलाइनबाट बस÷हवाइजहाजको टिकट उपलब्ध गराउने सहज माध्यम हो। बससेवाको मोबाइल एपबाट आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ।
यसबाट मोवाइलबाटै किटक काट्दा समय र खर्च दुवैको बचत हुने, बसमा उपलब्ध सेवा र शुल्क दाँजेर आफूलाई मनपर्ने बसमा यात्रा गर्न सकिने, काउन्टरकै दरमा टिकट उपलब्ध हुने र बससेवाका विभिन्न अफरको लाभ उठाउन सकिने पनि बससेवाले जनाएको छ।




