प्रभु महालक्ष्मी लाइफका सिईओ भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन्। सोमबार राजधानीमा आयोजित छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेका थिए। सोही अवसरमा सीईओ प्रसाईलाई बीमा क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

प्रसाईले बीमा क्षेत्रमा लामो समयदेखि देखाएको प्रतिबद्धता र योगदानलाई विशेष सम्मान गरिएको आयोजक समितिले जनाएको छ। तत्कालीन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वमा पुग्दासम्म उहाँले बीमा व्यवसायलाई प्रवर्द्धन गर्न खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको हो।

प्रसाईको नेतृत्वमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य व्यवसायिक बृद्धि हासिल गर्दै नेपाली बीमा बजारमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको छ। कम्पनीले ग्राहक सेवामा नयाँ प्रविधि, नविन योजना र विश्वसनीयताको आधारमा प्रतिस्पर्धी बजारमा पहिचान बनाउन सक्षम भएको छ।

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा तथा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरूलाई सम्मान गरिँदै आएको छ। यस वर्षको कार्यक्रममा नेपालसहित एसियाका विभिन्न देशका उत्कृष्ट पेशागत योगदान दिने व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री