माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड, कतिले पाए शेयर ?

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।

कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा २२ लाख ५ हजार ८७१ जनाले २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएका थिए भने ८ हजार २८९ आवेदन विभिन्न कारणले रद्द भएका थिए।

मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँड गोलाप्रथा प्रणालीमार्फत गरिएको हो। परिणामस्वरूप १ लाख २४ हजार ८९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने थप ४ जना भाग्यशालीले ११–११ कित्ताका दरले शेयर पाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री