ललितपुर । ४५ दिने खोप लगाउँदा शिशुको मृत्यु भएपछि ललितपुरको पाटन अस्पतालमा तनाव भएको छ । शिशुको मृत्यु भएपछि अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले आन्दोलन गरेपछि तनाव भएको हो। मंगलबार खोप लागाएर घर पुर्याइएका जुम्लाको कुनका सुन्दरी घर भई हाल ललितपुरको सुनाकोठी बस्दै आएका राजबहादुर राउतका ४५ दिनका छोराको मृत्यु भएको थियो।
राउतले आफ्नो छोराको मृत्यु खोपको कारण भएको आरोप लगाएका छन्। परिवारले खोप लगाउने व्यक्तिलाई कारबाहीको माग गरेका छन्।
रावतले बच्चालाई पुस ९ गते ४५ दिने खोप लगाएर घर फर्केको र घर फर्केपछि ज्वोरो आएको बताए। बच्चा बिरामी भएपछि बिहान साढे छ बजे अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले यस विषयमा पोष्टमार्टमको रिपोर्ट नहेरी केही भन्न नसक्ने जानकारी दिए। ‘सरकारले उपलब्ध गराउँदै आएको खोप लगाएका हौँ,’ उनले भने, ‘अरुलाई पनि दिएका छौँ।’
शर्माका अनुसार खोप दिएको ७२ घण्टासम्ममा केही समस्या देखिएमा मन्त्रालयमा रिपोर्ट गर्नुपर्ने हुन्छ। रिपोर्टिङको प्रक्रिया सुरु भएको उनको भनाइ छ।
शिशुका आफन्त भने खोप लगाउने व्यक्तिमाथि कारबाहीको माग गर्दै आन्दोलित भएका छन्। बिहीबार बिहान आकस्मिक कक्षमा अवरोध गर्न खोजेपछि प्रहरी खटाइएको छ।
प्रतिकृया दिनुहॊस