काठमाडौं । नेपाल बैंक लिमिटेड र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता भएको छ । मोरङको विराटनगर महानगरपालिका–१० स्थित उक्त अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गत सोमबार सम्पन्न भएको हो ।
सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरूको बिल रकममा पाँचदेखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट कोसी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलको तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका हुन् ।
तपाईंको प्रतिकृया




