काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेस प्रदेशमा आफ्ना शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘मधेस लिडरसिप : ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भयो ।
सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान–प्रदान भएको बताइएको छ । मधेस केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




