आइएमईको ‘दशैंमा बीस लाख’ योजनाको दोस्रो विजेता बन्दै बिजेन्द्रले जिते एक लाख

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः दशैं, दीपावली र छठलाई लक्षितगर्दै ल्याएकोसेवाग्राही मूखिप्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमाबीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।
रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही  बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका हुन । मल्लले नगद एक लाख प्राप्त गरेका छन् ।
उक्त रकम आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराजपौडेलले  विजेता बिजेन्द्रको सिफारिसमा उनकी आमा चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
२०७५ सालअसोज ७ गतेदेखि शुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट दुई जना विजेता घोषित भइसकेकाछ छन् ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजनासार्वजनिक गरेको थियो ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’मार्फत रू.१ हजारको बिलभुक्तानी, हरेक हप्ता १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.१० हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.२० ( वीस  ) लाख नगदप्रदान गरिएको  कम्पनीले जनाएको छ ।
कम्पनीले  १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक …

प्रतिकृया दिनुहॊस