दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, आज कूल १ करोड ६८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब २ करोड बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ।

आज विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार हिमालयन रि–इन्स्योरेन्सको भएको छ । सो कम्पनीको मात्र २४ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री