काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलामा एक लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य एक लाख ९३ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार २ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहिबार बढेर तोलामा २ हजार २ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




