एभरेष्ट बैंकको आकर्षक योजना: ६.५२ प्रतिशत ब्याजदरमै घर र सवारी कर्जा

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूका लागि घर तथा सवारी साधन खरिदलाई सहज बनाउने उद्देश्यले एक आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गर्दै बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजना अन्तर्गत ६.५२ प्रतिशतकै सस्तो ब्याजदरमा घर र सवारी कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।

बैंकले ल्याएको यो योजना विशेष गरी घरको सपना सजाएका र नयाँ सवारी साधन खरिद गर्ने योजनामा रहेका ग्राहकहरूका लागि निकै फाइदाजनक देखिएको छ । बैंकको हालको आधार दर (बेसरेट) ५.२७ प्रतिशत रहेकोमा त्यसमा केवल १.२५ प्रतिशत प्रिमियम जोडेर ६.५२ प्रतिशतकै न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गरिनेछ । यो परिवर्त्य ब्याजदर भएकाले आधार दर परिवर्तन हुँदा ब्याजदर पनि सोहीअनुसार समायोजन हुनेछ ।

यस योजनामा कर्जा प्रक्रियालाई छिटो र सरल बनाइएको बैंकले जनाएको छ । न्यूनतम कागजी प्रक्रिया, ३५ वर्षसम्मको लचिलो ऋण अवधि र सरल मासिक किस्ता जस्ता विशेषताले ग्राहकलाई थप सहजता प्रदान गर्नेछ ।

सेवा शुल्कमा विशेष छुट

एभरेष्ट बैंकले यो विशेष योजनामा सेवा शुल्कमा पनि आकर्षक छुटको व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने प्रावधान दिएकोमा यस योजनाअन्तर्गत घर तथा सवारी कर्जा लिने ग्राहकले मात्र ०.५० प्रतिशत सेवा शुल्क तिरे पुग्नेछ, जुन नियमित शुल्कमा ०.२५ प्रतिशतको छुट हो ।

स्थिर ब्याजदरको पनि विकल्प

परिवर्त्य ब्याजदरमा हुन सक्ने उतारचढावबाट बच्न चाहने ग्राहकहरूका लागि बैंकले स्थिर ब्याजदरको विकल्प पनि प्रदान गरेको छ । ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजना अन्तर्गत ७ वर्षसम्मका लागि ७.४९ प्रतिशतको स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध हुनेछ । यो कर्जालाई पछि पुनः ब्याजदर मूल्यांकन गरी ३५ वर्षसम्म विस्तार गर्न सकिने सुविधा पनि दिइएको छ ।

सरल प्रक्रिया, न्यूनतम ब्याजदर र सेवा शुल्कमा छुट जस्ता सुविधासहित आएको एभरेष्ट बैंकको यो योजनाले चाडपर्वको समयमा घर तथा गाडी जोड्ने ग्राहकको सपना साकार पार्न महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री