काठमाडौं । सुधा मरहट्टाको शब्द रहेको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ । मेलिना राईको स्वर, किरण कँडेलको संगीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश मुस्कानको निर्देशन रहेको गीतको भिडियोमा अस्मिता रन्पाल, विपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान, विमला श्रेष्ठलगायतको अभिनय छ ।
प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माले दृश्य सम्पादन तथा रंग संयोजन गर्नुभएको छ । गीतको भिडियो सनराइज म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
तपाईंको प्रतिकृया



