काठमाडौं । काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले जोय स्टोरमा उपलब्ध iPhone र MacBook मा ५% छुट तथा तिनका accessories मा २०% छुट पाउनेछन् । साथै, प्रभु बैंकको क्रेडिट कार्ड होल्डरहरूलाई Instrapay Scheme अन्तर्गत किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ ।
जोय स्टोरका कार्यकारी निर्देशक गुरु दत्त शर्मा र प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रभु बैंक हाल ३१२ शाखा कार्यालय, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ । “बैंक अफ द इयर २०२३” को उपाधिसहित प्रभु बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ डिजिटल प्रविधिमार्फत आधुनिक सेवा विस्तार गरिरहेको छ ।
साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।




