काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
‘स्वस्थ जीवनका लागि जीवन बीमाको महत्व’ भन्ने मूल सन्देशसहित काठमाडौँसहित सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो ।
कम्पनीका अनुसार, जीवन बीमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरिएको हो । देशभर रहेका शाखा कार्यालयहरू तथा स्थानीय साझेदार संस्थाहरूको सहकार्यमा कार्यक्रमलाई स्वास्थ्य सचेतना र बीमा विस्तारको अवसरका रूपमा मनाइएको हो ।
कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति सदस्य, कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको उल्लेख गे । ‘प्रभातफेरीमार्फत हामी नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बीमाको आवश्यकता र फाइदा बुझाउन चाहन्छौं’ उनले भने ।
आई.एम.ई. लाइफ इन्स्योरेन्सले देशभर आफ्नो बीमा सेवा विस्तार गर्दै ग्राहकको जीवन सुरक्षामा योगदान पु¥याउँदै आएको छ ।




