राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ः४५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सात वटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री