कैदी मृत्यु प्रकरण : कैलालीका सिडिओ हमाल गृह मन्त्रालय तानिए, लम्साललाई जिम्मेवारी

काठमाडौं । कैलाली कारागारभित्र भएको झडपमा एक कैदीको मृत्यु भएको घटनाको प्रत्यक्ष परिणामस्वरुप गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेको छ ।

उनको स्थानमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलालीको जिम्मेवारी दिइएको छ । यो निर्णय साउन २३ गते राति कैलाली कारागारमा दुई समूहका कैदीबन्दीबीच भएको हिंसात्मक झडपको पृष्ठभूमिमा आएको हो । उक्त झडपमा परी धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय कैदी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका थिए ।

मन्त्रालयको बुधबारको निर्णयअनुसार दाङमा कार्यरत लम्साललाई कैलाली पठाइएको हो । हमाललाई मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ भने दाङको प्रमुख जिल्ला अधिकारीमा भने हाल कसैलाई पठाइएको छैन ।

कारागार जस्तो संवेदनशील सुरक्षा निकायभित्र भएको यो गम्भीर घटना र त्यसपछिको अवस्थालाई कमजोर व्यवस्थापनको रूपमा लिँदै गृह मन्त्रालयले तत्काल कदम चालेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री