काठमाडाैँ । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो उपाधि होड बलियो बनाउँदै गएको छ ।
लिग अन्तर्गत बुधबार राति भएको खेलमा जित निकालेको जर्गेन क्लोप्पको टिम लिभरपुलले दोस्रो स्थानमा उक्लिएको टोटनह्यामसँगको अंक दूरी ६ बनाएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडमाथि ४–० को जित निकालेको हो ।
लिभरपुलको जितमा डिजेन लोभरेन, मोहम्मद सालह, जेर्डान शाक्विरी र फाबिन्होले गोल गरे । ११ औँ मिनेटमा लोभरेनको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो ।
४७ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरे । शाक्विरीले ७९ तथा फाबिन्होले ८५ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको लिभरपुलको १९ खेलबाट ५१ अंक भएको छ । दोस्रो स्थानको टोटनह्यामको ४५ तथा तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ४४ अंक छ ।
तपाईंको प्रतिकृया




