एक घण्टा पनि टिकेन स्वतन्त्रता: धरौटीमा छुटे लगत्तै पुनः पक्राउ परे चक्रे मिलन

काठमाडौं । ‘गुन्डा नाइके’ को छवि बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनको स्वतन्त्रता एक घण्टा पनि टिक्न पाएन । काठमाडौँ जिल्ला अदालतबाट अभद्र व्यवहारको मुद्दामा ३० हजार रुपैयाँ धरौटी बुझाएर छुट्नासाथ उनलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

बुधबार दिउँसो अदालतबाट रिहा हुने प्रक्रिया पूरा गरेर बाहिर निस्कँदै गर्दा उनलाई प्रहरीको अर्को टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी विश्व अधिकारीले भक्तपुरमा दर्ता भएको अर्को मुद्दाका लागि उनलाई पक्राउ गरिएको पुष्टि गरे ।

‘काठमाडौँको मुद्दामा धरौटीमा छुटे पनि भक्तपुरमा उहाँविरुद्ध अर्को मुद्दा विचाराधीन रहेकाले हामीले नियन्त्रणमा लिएर भक्तपुर प्रहरीको जिम्मा लगाएका छौँ,’ एसएसपी अधिकारीले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री