काठमाडाैँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलका विद्यार्थीहरूले बैङ्ककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हात पारेका छन्। कूल १० जना विद्यार्थीयुक्त प्रिमियरकाे टोलीले ९ गोल्ड र ३९ सिल्भर पदक जित्दै येल विश्वविद्यालयमा हुने प्रतिष्ठित टुर्नामेन्ट अफ च्याम्पियन्स २०२५ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
यस यात्राको नेतृत्व गरेकी कक्षा ११ की श्रुति श्रेष्ठले नेपाली शैक्षिक इतिहासमा ऐतिहासिक अध्याय कोर्दै तीन महत्वपूर्ण सम्मान एकैसाथ जितिन् । ग्लोबल च्याम्पियन स्कलर, जेएसी खोर अवार्ड रवर्ल्ड स्कलर्स कप हल अफ फेममा स्थान बनाउने नेपालकै पहिलाे विद्यार्थी बनिन् । उनले एक्लै ११ वटा स्वर्ण र ४ वटा रजत पदक जित्दै आफ्नो बेजोड प्रतिभा प्रस्तुत गरिन्।
श्रुतिसँगै अन्य नौ विद्यार्थीहरूको प्रदर्शन पनि अतुलनीय रह्यो।
गरिमा रञ्जित (कक्षा १२) – १ स्वर्ण, ७ रजत
सान्वी उपाध्याय (कक्षा १०) – १ स्वर्ण, ४ रजत (नेपालको झण्डा बोकी उद्घाटन समारोहमा राष्ट्रिय प्रतिनिधित्व)
संस्कृती अधिकारी (कक्षा ९) – १ स्वर्ण, ३ रजत
बिआंका पाल (कक्षा १०) – १ स्वर्ण, ४ रजत
राचेल सापकोटा (कक्षा ९) – ३ रजत
सनातन न्यौपाने (कक्षा ७) – २ रजत
आरुष आचार्य (कक्षा ८) – २ रजत
मन्त्र पोखरेल (कक्षा १०) – २ स्वर्ण, ६ रजत
सुप्रिणा अमी अधिकारी (कक्षा १०) – १ स्वर्ण, ४ रजत
प्रतिस्पर्धा अत्यन्त चुनौतीपूर्ण थियो । विश्वका ३० देशका ५२००+ विद्यार्थीहरूको भीडमा प्रिमियरटोलीले ज्ञान, सिर्जनशीलता र आत्मविश्वासका साथ नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलायो। उद्घाटन समारोहमा नेपालका लागि झण्डा बोकेर सान्वी उपाध्यायले राष्ट्रको प्रतिनिधित्व गर्नु पनि टोलीको एक गर्वको क्षण रह्यो।
वर्ल्ड स्कलर्स कप कुनै साधारण प्रतियोगिता होइन—यो globally relevant विषयहरूमा debate, creative writing, team problem-solving, र knowledge bowl जस्ता activities मार्फत विद्यार्थीहरूलाई classroom बाहिर सोच्न सिकाउने platform हो।
प्रिमियरको शिक्षाशास्त्रीय दृष्टिकोण अनुसार, यस्ता अन्तर्राष्ट्रिय अवसरहरूले विद्यार्थीहरूमा leadership, critical thinking र global citizenship जस्ता जीवन उपयोगी सीप विकास गराउँछन्।
बैङ्ककको सफलताको आधार थियो काठमाडौंमा सम्पन्न Regional Round जहाँ प्रिमियरका विद्यार्थीहरूले ५३५ स्वर्ण पदक, ५११ रजत पदक र ३२ वटा ट्रफी जित्दै Global Round को ढोका खोल्न सफल भएका थिए।
अब प्रिमियरटोली डिसेम्बर ८–१४ मा Yale University मा हुने Tournament of Champions मा भाग लिन अमेरिका जाने तयारीमा छ, जहाँ उनीहरूले विश्वभरका टप स्कलरहरूसँग Oxford-style debates, global writing sessions र सांस्कृतिक आदानप्रदानमार्फत आफूलाई अझ मजबुत बनाउनेछन् ।




