सागर डिष्टिलरीको आईपीओ यात्रा सुरु, आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आफ्नो साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । यो सँगै कम्पनी प्राथमिक बजारमा प्रवेश गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोहीअनुसार, पहिलो चरणमा कुल सार्वजनिक निष्काशनको १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो ।

दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।

कहिलेसम्म दिन सकिन्छ आवेदन?

यस आईपीओमा छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ को अनलाइन प्रणालीमार्फत सहजै आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री