डिशहोम र सिद्धार्थ हस्पिटालिटीबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा

काठमाडौं । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै आफ्ना सबै सक्रिय ग्राहकलाई भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ।

यस साझेदारीअन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफेमा आवास सेवामा २०% र फुड एण्ड बेभरेजमा १०% छुट पाउनेछन्। यी सुविधा पाउनका लागि माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। एपमार्फत ग्राहकहरूले कार्डसँगै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सम्बन्धित स्थानमा छुट लिन सक्नेछन्।

यो सुविधा देशभरका २२ वटा होटल तथा रेस्टुरेन्टमा लागू हुनेछ। सहभागी प्रतिष्ठानहरूमा सिद्धार्थ होटल न्यू आनन्द (महेन्द्रनगर), सिद्धार्थ होटल (टिकापुर, नेपालगञ्ज, नारायणगढ, दमौली), सिद्धार्थ बुटिक होटल (बौद्ध, काठमाडौं), सिद्धार्थ रिसोर्ट (चितवन, कैलाली, सुर्खेत), सिद्धार्थ कटेज एण्ड होटल (बुटवल, नुवाकोट, धनगढी) लगायतका होटल र रेस्टुरेन्टहरू छन्। साथै, सिद्धार्थ विलासा (भैरहवा, चितवन), एस क्याफे (लगनखेल, टिंकुने) लगायत स्थानमा पनि यो छुट लागू हुनेछ।

डिशहोमका सीईओ तारा मानन्धरले भने, “सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रा ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउँदा खुशी छौं।”

कम्पनीले यो सहकार्यले देशभरका ग्राहकलाई गुणस्तरीय हस्पिटालिटी सेवामा सहज पहुँच दिलाउने र ग्राहक अनुभवलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री