नेपाली बजारमा हाइलाइफ फुड्सको प्रिमियम बासमती, भारतको चर्चित ‘लालकिल्ला’ ब्रान्ड पनि भित्र्यायो

काठमाडौँ । उच्च गुणस्तरको खाद्य उत्पादनमा आफ्नो पहिचान बनाउँदै आएको हाइलाइफ फुड्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै प्रिमियम बासमती चामलको नयाँ शृङ्खला बजारमा ल्याएको छ । राजधानीमा आयोजित एक विशेष कार्यक्रमबीच कम्पनीले आफ्नो नयाँ उत्पादन औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

कम्पनीले बजारमा ल्याएका नयाँ उत्पादनमा एक्स्ट्रा लङ ग्रेन बासमती, पुलाउ बासमती र विशेष प्रकारको जिआई राइस समावेश छन् । कम्पनीका अनुसार, जिआई राइस मधुमेहका बिरामीहरूका लागि समेत उपयुक्त हुनेछ । लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिपूर्ण यी चामलहरू घरायसी भान्सादेखि ठूला होटल तथा रेस्टुरेन्टका लागि समेत एक गुणस्तरीय विकल्प बन्ने कम्पनीको विश्वास छ ।

यसका साथै, हाइलाइफ फुड्सले भारतको लोकप्रिय ‘लालकिल्ला’ ब्रान्डलाई पनि हाइलाइफ बासमतीमार्फत नेपालमा बिक्री–वितरण गर्ने घोषणा गरेको छ । यो कदमले नेपाली बजारमा विश्वस्तरीय बासमती चामलको पहुँच र विकल्पलाई थप फराकिलो बनाउनेछ ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले उपभोक्ताको स्वास्थ्य र स्वादलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, “हामीले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रिमियम बासमती चामल बजारमा ल्याएका छौँ । लालकिल्ला जस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्यले नेपाली बजारमा विश्वस्तरीय उत्पादनको प्रत्याभूति दिनेछ ।”

विगत चार वर्षदेखि खाद्य उद्योगमा प्रवेश गरेको हाइलाइफ फुड्सले यसअघि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा र चियापत्ती जस्ता उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अनुसार, प्रिमियम बासमती चामल आकर्षक प्याकेजिङमा १ किलो, ५ किलो र २० किलोका प्याकमा देशभरका प्रमुख खुद्रा पसल, सुपरमार्केट तथा अनलाइन प्लेटफर्ममार्फत उपलब्ध हुनेछ । कम्पनीले गुणस्तर र मूल्यबीच सन्तुलन कायम राख्दै नेपाली उपभोक्तालाई उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री